चितवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते, २ जनाको अवस्था गम्भीर

चितवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते, २ जनाको अवस्था गम्भीर

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। 

महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना भएको हो। 

सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। 

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। 

भदौ ८, २०८१ आइतबार ०८:५७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।