रामेछापमा ३ बजे राति पहिरो : २ जनाको शव भेटियो, ८ जना बेपत्ता

रामेछापमा ३ बजे राति पहिरो : २ जनाको शव भेटियो, ८ जना बेपत्ता

काठमाडौं : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ मा पहिरोमा परी मृत्यु भएका २ जनाको शव भेटिएको छ। एकजना बालकको जिवितै उद्धार गरिएको छ।  

गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। 

आज बिहान ३ः३५ बजे गएको पहिरोले ४ घर बगाएको छ। 

पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ।

थप विवरण आउन बाँकी छ। 

भदौ ८, २०८१ आइतबार ०८:१८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।