महाधिवेशनले छान्न नसकेका पदाधिकारी छान्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

महाधिवेशनले छान्न नसकेका पदाधिकारी छान्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
फाइल

काठमाडौं : एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आइतबारबाट सुरू हुँदैछ।

मंगलबारसम्म चल्ने बैठक आज बिहान ११ बजेबाट काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू हुनेछ।

बैठकमा तीन वटा कार्यसूची तय गरिएको महासचिव घनश्याम भूसालले जानकारी दिए।

उनकाअनुसार आजको बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यसूची रहेको छ। एकीकृत समाजवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटी छ।

त्यस्तै, केन्द्रीय संरचनाहरूको निर्माण गर्ने कार्यसूची रहेको भूसालले जानकारी दिए। 

गत असार १६ देखि २० सम्म चलेको १० औं महाधिवेशनले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव भूसालमात्रै निर्वाचित गरेको थियो। महाधिवेशनले छान्न नसकेका बाँकी पदाधिकारी, केन्द्रीय निकायहरू गठन गर्न बाँकी रहेको र आजबाट सुरू हुने बैठकमा त्यसबारे छलफल हुने बताइएको छ । 

भदौ ८, २०८१ आइतबार ०७:३२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।