कोशी बाँधमा दुइवटा मोटरसाइकल जुध्दा एकजनाको ज्यान गयो, २ जना घाइते

कोशी बाँधमा दुइवटा मोटरसाइकल जुध्दा एकजनाको ज्यान गयो, २ जना घाइते

राजविराज : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-५ जोगिनियाँस्थित कोशी बाँधमा दुइवटा मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ।
    
दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१५ बस्ने ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिए। 

भारदहबाट हनुमाननगरतर्फ आउँदै गरेको स२प ७२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को३४प ५४५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा परी स२प ७२९६ नम्बरको मोटरसाइकल चालक साहको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए। 

अर्को मोटरसाइकलका चालकसहित दुईजना घाइते भएका थिए। घाइतेको नाम र ठेगाना खुल्न सकेको छैन। 

भदौ ७, २०८१ शनिबार २०:०४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।