हलेसीबाट काठमाडौँ आइरहेको कार सुनकोसीमा खस्यो

हलेसीबाट काठमाडौँ आइरहेको कार सुनकोसीमा खस्यो

काठमाडौँ : सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोसी नदीमा खसेको छ। कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ।

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार साँझ ५:३० बजे नदीमा खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

भदौ ७, २०८१ शनिबार १९:२६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।