रामजानकी मठको पोखरीमा नुहाउन गएका बालकको डुबेर मृत्यु

रामजानकी मठको पोखरीमा नुहाउन गएका बालकको डुबेर मृत्यु

सर्लाही : सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ। ब्रह्मपुरी गाउँपालिका–२, निवासी सञ्जय साहको छोरा ६ वर्षीय अङ्कित साहको शनिवार बिहान पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।    

बिहान ९ बजेतिर नुहाउन घरबाट निस्किएका बालकको घर नजिकै रहेको रामजानकी मठको पोखरीमा डुबेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

मृतक बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीको डिलमा राखिरहेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थलको प्रकृति मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याइएको छ।

भदौ ७, २०८१ शनिबार १९:१९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।