केरुङ खोलाको बाढीले राजमार्ग बन्द, कैलाश गएका पाँच सय यात्रु अलपत्र

केरुङ खोलाको बाढीले राजमार्ग बन्द, कैलाश गएका पाँच सय यात्रु अलपत्र

रसुवा : वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा मानसरोवर कैलाश दर्शनका लागि जाने दर्शनार्थीहरू प्रभावित भएका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार रसुवागढीको मितेरिपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको हो।

यातायातका साधन बन्द भएपछि कैलाशबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु रसुवागढीमा रोकिएका छन्।
राजधानी काठमाडौँदेखि केरुङसम्म करिब एक सय ७१ किमी दूरी छ। चाँडो राजमार्ग खुलाई कैलाश दर्शनका लागि हिँडेका यात्रुलाई सहज पारिदिन केरुङ प्रशासकलाई अनुरोध गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

टिमुरे क्षेत्रमा रोकिएका यात्रुहरूको सहयोगका लागि नेपाल प्रहरीले समन्वय गरिरहेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए।

भदौ ७, २०८१ शनिबार १९:१५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।