नेपाली जनताले खान लाउन नपाउने स्थिति नआओस् भनेर सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

नेपाली जनताले खान लाउन नपाउने स्थिति नआओस् भनेर सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा कुनै नेपालीले दुःख नपाउन भनेर आफूले काम गरिरहेको बताएका छन्।  

शनिबार युथ कनक्लेभ २०२४ मा बोल्दै उनले कोहीपनि नेपाली निरपेक्ष गरिबीको रेखामुनी नपर्नेगरी आफूले काम गरिरहेको बताए।  

उनले भने, ‘अब भविष्यमा हाम्रा कोही पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूले निरपेक्ष गरिबीको रेखामुनी पर्न नपरोस्, खान लाउन नपाउने स्थिति आउन नपरोस्, आफ्ना प्यारा सन्तानहरूलाई पढाउन लेखाउन नसक्ने स्थिति नआओस्, बिरामी हुँदा स्वास्थ्य उपचार गराउन नसक्ने अवस्था नहोस् भनेर त्यसका लागि म काम गरिरहेको छु।’

उनले आफूले गर्न लागेको हरेक काममा युवाको साथ आवश्यक हुने बताए। उनले अहिलेसम्म दुनियाँमा जति काम भएका छन् त्यो सबै युवा वर्गले गरेको बताए।

उनले अहिले युवा अवस्थामा अवसरलाई सदुपयोग गरे उन्नती प्रगति गर्न युवाहरूको समय नलाग्ने बताए। 

भदौ ७, २०८१ शनिबार १८:०७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।