विश्वविद्यालयमा गुण्डागर्दी भएकाले गृहमन्त्रीसँग सुरक्षा मागिएको हो : शिक्षामन्त्री

विश्वविद्यालयमा गुण्डागर्दी भएकाले गृहमन्त्रीसँग सुरक्षा मागिएको हो : शिक्षामन्त्री

भरतपुर : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने दाबी गरेकी छन्। 

आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको भन्दै त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको बताइन्। 

'विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो। हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो', उनले भनिन्। 

विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको भन्दै उनले थपिन्, 'गुण्डागर्दी र अपराधिकरण चरित्र हो। त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो। यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन।'  

भदौ ७, २०८१ शनिबार १५:१३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।