भारतकी केन्द्रीय राज्यमन्त्री काठमाडौंमा, घाइतेसँगको भेटपछि मृतकको शव लिएर फर्कने

भारतकी केन्द्रीय राज्यमन्त्री काठमाडौंमा, घाइतेसँगको भेटपछि मृतकको शव लिएर फर्कने

काठमाडौं : भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले मर्स्याङ्दी नदीमा दुर्घटना भएको बसका घाइतेहरूलाई भेटेकी छन्।

शनिबार विहान काठमाडौं आइपुगेकी उनले शिक्षण अस्पताल महाराजगञ्ज गएर त्यहाँ भएका घाइतेहरूलाई भेटेकी हुन्।

त्यसअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबसहित परराष्ट्र मन्त्रालयका सहसचिव ब्रिघु ढुंगानासँग पनि उद्धार कार्य र आगामी कार्यदिशाबारे छलफल गरेकी थिइन्।

मन्त्री खड्सेले घाइतेलाई भेटेपछि मृतकका शव लिएर स्वदेश फर्कने बताइएको छ।

मृतकहरूको शवको चितवनमा परीक्षण हुँदैछ।

शुक्रबार पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।

घाइते १६ जनालाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो।

भदौ ७, २०८१ शनिबार ११:३०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।