नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै सशस्त्रका एसपीविरुद्ध अख्तियारको मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै सशस्त्रका एसपीविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) वीरसिंह साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक साहले सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको बीए तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै आयोगले मुद्दा दायर गरेको हो।

साहले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बीए तह उत्तीर्ण गरेको भनिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति भई लाभ, सुविधा लिएको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको हो।

साहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गरिएको आयोगका प्रवक्ता मनहरि घिमिरेले जानकारी दिए।

भदौ ७, २०८१ शनिबार १०:४९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।