तीजको दर खाँदा रुपन्देहीमा ३० महिला बिरामी

तीजको दर खाँदा रुपन्देहीमा ३० महिला बिरामी

बुटवल : तीजको दर खाँदा रुपन्देहीको देवदहमा ३० जना महिला बिरामी परेका छन्।

देवदह-६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर भदौ ६ गते दर खाएपछि उनीहरू बिरामी परेका हुन्।

६ गते साँझदेखि बिरामी परेका उनीहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएको देवदह-६ का वडा अध्यक्ष खेमबहादुर थापा मगरले जानकारी दिए।

उनका अनुसार बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकल हल खैरेनीमा उपचार भइरहेको छ। पाँच जनाको देवदह मेडिकल कलेज तथा अन्य ५/६ जनाले घरमै बसेर उपचार गराइरहेका छन्।

दर खाने कार्यक्रममा ३५ जना सहभागी भएका थिए।

उपचारमा संलग्न अनिता मेडिकल हलका डा. छविलाल गिरीका अनुसार उनीहरूमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको छ।

उनीहरू के कारणले  बिरामी भए भन्नेबारे थाहा नभए पनि फुड पाेइजनको आशंका गरिएको छ।

भदौ ७, २०८१ शनिबार १०:४०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।