नमस्ते पे वालेटमा नबिल बैंकबाट ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरपड्स जित्ने मौका
काठमाडौं : नमस्ते पेले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरपड्स जित्ने नयाँ अफर सुरू गरेको छ।
२१ भदौ २०८१ सम्म मान्य हुने अफरमा प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्स लोड गर्न सक्नेछन्।
साथै लक्की ड्र मार्फत एक जनाले स्मार्टवाच र दुई जनाले इयरपड्स जिन सक्नेछन्।
अफरमा सहभागी हुन प्रयोगकर्ताहरूले नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरि अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तिमा एक पटक भुक्तानी गरेको हुनुपर्दछ।
भदौ ७, २०८१ शनिबार ०९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।