जर्मनीको जोलिङ्गेन शहरको स्थापना दिवसमा चक्कु प्रहार, तीन जनाको मृत्यु

जर्मनीको जोलिङ्गेन शहरको स्थापना दिवसमा चक्कु प्रहार, तीन जनाको मृत्यु

एजेन्सी : पश्चिमी जर्मनीको जोलिङ्गेन शहरमा शुक्रबार राति भएको चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ।

घटनामा चार जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

शहरको मध्यभागमा रहेको फ्राउनहफ बजारमा एक उत्सवका क्रममा आक्रमण भएको हो।

आक्रमणकारी अझै फरार रहेकाले प्रहरीले शहरभर खोजी कार्य गरिरहेको छ। प्रहरीले खोजी कार्यका लागि हेलिकप्टर पनि प्रयोग गरिरहेको छ।

जोलिङ्गेन शहर जर्मनीको एक औद्योगिक शहर हो। शुक्रबार शहरको ६५०औं स्थापना दिवसको अवसरमा एक समारोहको आयोजना गरिएको थियो।

आक्रमणपछि प्रहरीले फ्रानहफ बजारलाई तुरुन्तै खाली गराएको थियो।

भदौ ७, २०८१ शनिबार ०८:२८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।