युक्रेनको भ्रमणमा भारतीय प्रधानमन्त्री, जेलेन्स्कीलाई भारत भ्रमणको निम्ता

युक्रेनको भ्रमणमा भारतीय प्रधानमन्त्री, जेलेन्स्कीलाई भारत भ्रमणको निम्ता

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा युक्रेन भ्रमणमा पुगेका छन्। उनी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निमन्त्रणामा युक्रेनको भ्रमणमा पुगेका हुन्। उनीसँगै भारतीय विदेश मन्त्री एस जयशंकर पनि सहभागी छन्।

सन् १९९२ पछि पहिलो पटक भारतीय प्रधानमन्त्रीले युक्रेनको भ्रमण गरेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिएको किभमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्री एस जयशङ्करले भने।

जयशङ्करले युक्रेनलाई भारतले दिएको मानवीय सहयोगबारे पनि चर्चा गरे। विगतमा भारतले युक्रेनलाई मानवीय सहयोग गरेको र आजसम्म युक्रेनलाई भारतले स्वास्थ्यसँग सम्बन्धित विभिन्न १७ प्रकारका सहयोग गरिसकेको जयशंकरले बताए।

प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच शुक्रवार मारिन्स्कीमा द्विपक्षीय वार्ता समेत भएको थियो। भेटमा भारतीय प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत विशिष्ट व्यक्ति सहभागी थिए।

प्रधानमन्त्री मोदीले कीभमा युक्रेनको राष्ट्रिय सङ्ग्रहालयको भ्रमण समेत गरेका थिए।

भदौ ७, २०८१ शनिबार ००:१९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।