साउनमा व्यापार घाटा ०.३८ प्रतिशतले बढ्यो

साउनमा व्यापार घाटा ०.३८ प्रतिशतले बढ्यो

काठमाडौँ : चालू आर्थिक वर्षको साउन मसान्तसम्म नेपालले १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ।
भन्सार विभागका अनुसार यो आयात गत आर्थिक वर्षको तुलनामा ०.६७ प्रतिशतले कम हो। गत आर्थिक वर्षमा १ खर्ब २९ अर्ब बराबरको वस्तु तथा सेवाको आयात भएको थियो।

त्यस्तै, आयातसँगै निर्यातमा पनि गिरावट आएको छ। चालू आर्थिक वर्षका साउन मसान्तसम्म नेपालबाट कुल १२ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट कुल १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात चालू आर्थिक वर्षको तुलनामा ९.६३ प्रतिशतले बढी थियो।

आयात निर्यातमा कमी आएपछि साउन महिनामा व्यापार घाटा १ खर्ब ११ अर्बको भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १ खर्ब १५ अर्ब बराबरको घाटा भएको थियो। गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा ०.३८ प्रतिशतले बढी हो।

भदौ ६, २०८१ शुक्रबार १७:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।