मुस्ताङको थासाङ्गमा हिम पहिरो आयो, स्थानीयवासीलाई अन्तै सारियो

मुस्ताङको थासाङ्गमा हिम पहिरो आयो, स्थानीयवासीलाई अन्तै सारियो

काठमाडौँ : मुस्ताङको थासाङ्ग गाउँपालिकाको कोभाङ् गाउँस्थित बोक्सीखोला बस्तीमाथि हिमपहिरो आएको छ।  हिमपहिरो बस्तीमाथिको खोँचमा अड्किए पनि कुनै पनि बेलामा बस्तीमा झर्न सक्ने जोखिम देखिएपछि स्थानीय प्रशासनले त्यहाँका स्थानीयलाई अन्यत्र सारेको छ।

सो स्थानमा ९ वटा घर रहेका छन्। सो हिम पहिरो बस्तीमा आएका क्षति हुने देखिएपछि स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेर बस्ती खाली गराएको हो। हिम पहिरोका कारण सो क्षेत्रको बोक्सीखोला समेत थुनिएकाले थप जोखिम बढेको छ। 

खोँचमा अड्किएको हिउँ पहिरो।

भदौ ६, २०८१ शुक्रबार १५:५९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।