पोखराबाट काठमाडौँ आइरहेको भारतीय पर्यटक चढेको बस दुर्घटनामा १४ को मृत्यु, १६ जनाको उद्धार

पोखराबाट काठमाडौँ आइरहेको भारतीय पर्यटक चढेको बस दुर्घटनामा १४ को मृत्यु, १६ जनाको उद्धार

काठमाडौँ : पृथ्वी राजमार्ग सडक खण्डको तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भारतीय नम्बर प्लेटको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका १६ यात्रुको उद्धार भएको छ।

तस्बिर : सशस्त्र प्रहरी।

तस्बिर : सशस्त्र प्रहरी।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मस्याङ्दी नदीमा खसेको थियो। तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार बसमा भारतीय यात्रुहरू थिए। यात्रुको सङ्ख्या एकिन हुन सकेको छैन।

तस्बिर : नेपाल प्रहरी।

तस्बिर : नेपाल प्रहरी।
दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल टोलीले हराएका यात्रुको खोजी र उद्धारको काम गरिरहेका छन्। घटनास्थलमा गोताखोर टोली समेत परिचालित भएका छन्।

अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको छ। बसमा झन्डै ४० भारतीय यात्रु सवार रहेको बताइएको छ ।     

भदौ ७, २०८१ शुक्रबार १५:०१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।