सुजुकीको ‘एपिक न्यू स्विफ्ट’ नाडा अटो शोमा सार्वजनिक हुने, २५ किलोमिटर माइलेज दिने दाबी

सुजुकीको ‘एपिक न्यू स्विफ्ट’ नाडा अटो शोमा सार्वजनिक हुने, २५ किलोमिटर माइलेज दिने दाबी

काठमाडौं : नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सीजी मोटोकर्पले, नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्ने भएको छ।

सीजी मोटोकर्पका अनुसार गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिने छ। गाडीको मूल्यबारे पनि त्यहिबेला जानकारी दिइने कम्पनीले जनाएको छ।

नयाँ जेड–सिरिज १.२ लिटर इन्जिनसहितको एपिक न्यू स्विफ्ट आविस्कार, प्रविधि र दीगोपनको उत्तम मिश्रण भएको कम्पनीको दाबी छ।

कारमा ६ वटा एयरब्याग, सबै सिटहरूका लागि ३-प्वाइन्ट सीटबेल्टहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, एण्टी-लक ब्रेकिंग सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन र ब्रेक असिस्टलाई स्ट्यान्डर्ड फिचरहरूको रूपमा समावेश गरिएको छ।

२२.८६ सेन्टिमिटर स्मार्टप्ले प्रोप्लस इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, सराउन्ड साउन्ड, वायरलेस फोन चार्जर रहेको कारमा टाइप सी युएसबी पोर्ट, क्रुज कन्ट्रोल, अटो हेडलाम्प्स र अन्य धेरै फिचरहरू समेत उपलब्ध छ।

आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै माइलेज दिने ह्याचब्याक भएकाले यो कारले २५.७५ किलोमिटर प्रतिलिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ।

भदौ ६, २०८१ शुक्रबार १३:५४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।