४० यात्रु बोकेको बस मर्स्याङदीमा खस्यो

४० यात्रु बोकेको बस मर्स्याङदीमा खस्यो

काठमाडौं : तनहुँको आँखुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा बस खसेको छ।

यूपी ५३ एफटी ७६२३ नम्बरको मर्स्याङ्दीमा खसेको  जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले उकेरालाई जानकारी दिए।

उनका अनुसार बस ४०  भारतीय पर्यटक बोकेको बस पोखराबाट काठमाडौंतर्फ आइरहेको थियो

दुर्घटनास्थलमा प्रहरीको टोली पुगेर उद्धारको काम थालिसकेको उनले बताए।

घटनाको थप विवरण आउन बाँकी छ।

भदौ ६, २०८१ शुक्रबार १२:०६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।