जनता केबलद्वारा इलेक्ट्रिकल इन्जिनियर, कन्ट्राक्टर र आर्किटेक्चरहरूबीच अन्तरक्रिया
काठमाडौं : भारतीय बहुराष्ट्रिय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडको नेपाली पार्टनर जनता केबुल इन्डस्ट्रिज प्रालिले काठमाडौंमा इलेक्ट्रिकल इन्जिनियर, कन्ट्राक्टर र आर्किटेक्चरहरूका बीच एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा केईआई इन्डस्ट्रिज लिमिटेडका निर्देशक अक्शित दिभीज गुप्ताले कम्पनीको बारेमा बताउँदा कम्पनीका कार्यकारी निर्देशक मनोज कक्करले आगामी दिनको कार्य योजना र उत्पादनबारे जानकारी दिए।
दुई सयभन्दा बढी इलेक्ट्रिकल क्षेत्रका विज्ञहरू उपस्थित कार्यक्रममा जनता केबुलका अधक्ष्य पवन कुमार अग्रवालले कम्पनीले गुणस्तरलाई आफ्नो मूलमन्त्र ठानेको दाबी गर्दै चार दशकभन्दा लामो इतिहासबारे प्रकाश पारे।
कार्यक्रममा कम्पनीका बजार व्यव्स्थापनक जश्वन्त सिंह रायले केईआई इन्डस्ट्रिज लिमिटेड कसरी भारतको दोस्रो ठूलो वायर एण्ड केबुल कम्पनी बन्यो भन्नेबारे बताए।
भदौ ६, २०८१ शुक्रबार ११:०९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।