बंगलादेशमा हसिनाविरुद्ध हत्याका पाँचसहित ४९ मुद्दा दर्ता

बंगलादेशमा हसिनाविरुद्ध हत्याका पाँचसहित ४९ मुद्दा दर्ता

एजेन्सी : बंगलादेशको हिंसापछि पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता हुने क्रम बढ्दै गएको छ।

बिहीबार पनि उनी र उनका पूर्व मन्त्रिपरिषद्सहित उच्च प्रहरी अधिकारीविरुद्ध पाँचवटा हत्या मुद्दा दर्ता भएका छन्। योसँगै हसिनाविरुद्ध दर्ता भएका मुद्दाको संख्या ४९ पुगेको छ।

मिडिया रिपोर्टका अनुसार, पाँच मध्ये तीन ढाकामा दर्ता भएको थियो भने बाँकी दुई नरसिंगदी र बोगुरामा दर्ता भएका थिए।

अवामी लिगकी अध्यक्ष ७६ वर्षीया हसिनाविरुद्ध हालसम्म दर्ता भएका ४९ मुद्दामध्ये ४० वटा हत्या, सात मानवता र नरसंहारको, एउटा अपहरण र एउटा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को जुलुसमा आक्रमणको रहेका छन्।

यसै क्रममा ढाकाको आशुलियामा ४ अगस्टको आन्दोलनका क्रममा एक डुङ्गा चालकको हत्या गरेको आरोपमा हसिनासहित अन्य ४६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अभियुक्तहरूमा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्व गृहमन्त्री असदुज्जमान खान, पूर्व एएल सांसद मोहम्मद सैफुल इस्लाम र तालुकदार मोहम्मद तौहीद जंग मुराद र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल-मामुन समावेश छन्।

उत्तरपश्चिम विमानस्थल क्षेत्रमा अगस्ट ५ मा कक्षा १२ मा अध्ययरत एक विद्यार्थीको मृत्यु भएको थियो। यस सन्दर्भमा शेख हसिना र अन्य ३२ विरुद्ध ढाका मेट्रोपोलिटन मजिस्ट्रेट मैनुल इस्लामको अदालतमा अर्को मुद्दा दर्ता गरिएको थियो।

सोही क्रममा मोहम्मदपुरका एक स्थानीयले गत जुलाई १९ मा शहरमा २३ वर्षीय युवकको हत्या गरेका थिए, जसको लागि ढाका महानगरपालिका मजिस्ट्रेट राजेश चौधरीले अदालतमा हसिनासहित अन्य ६७ जनाविरुद्ध मुद्दा दायर गरेका छन्।

यसबाहेक गत जुलाई १९ मा नरसिङदीमा विद्यार्थी आन्दोलनका क्रममा एक व्यापारीको हत्या गरेको आरोपमा हसिनासहित ८१ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

१०१८ मा बोगुरा जिल्लाको शिवगञ्जमा एक संघ स्तरको बीएनपी नेताको अपहरण र हत्या भयो। सो मुद्दामा पनि शेख हसिना, उनकी बहिनी शेख रेहाना, छोरा सजीब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल र अन्य ७६ विरुद्ध मुद्दा दायर गरिएको छ।

हसिना गत अगस्ट ५ मा राजीनामा दिएर भारत भागेकी थिइन्। सरकारी जागिरमा विवादास्पद आरक्षण प्रणालीलाई निरन्तरता दिएपछि विद्यार्थीले सरकार विरुद्ध आन्दोलन गरेका थिए। आन्दोलन दबाउन नसक्ने भएपछि उनी  भागेर भारत गएकी थिइन्।

त्यसपछि देशमा अन्तरिम सरकार बनेको छ, जसको नेतृत्व ८४ वर्षीय नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले गरेका छन्।

बंगलादेशमा हसिना सरकारको पतनपछि देशभर हिंसा भड्किएपछि २३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सरकारी जागिरमा विवादित कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले सुरु गरेको चर्को विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या ६०० पुगेको छ।

भदौ ६, २०८१ शुक्रबार ०९:३८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।