‘ग्लोकल टीन हिरो नेपाल’को दशौं संस्कारणका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

‘ग्लोकल टीन हिरो नेपाल’को दशौं संस्कारणका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

काठमाडौं : ग्लोकलद्वारा आयोजित गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो २०२४ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको छ। देशभरिका किशोर किशोरीहरूबाट कुल ७०९ आवेदन आएकोमा बिहीबार अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको हो।

किशोर किशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गरी अरु माझ चिनाउने कार्यक्रम ‘ग्लोकल टिन हिरो नेपाल’ को यो दशौं संस्करण हो।

हरेक वर्षझैँ यस वर्ष पनि सेप्टेम्बर १, २०२४ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ।

ग्लोकल टिन हिरो २०२४ का अन्तिम ६ प्रतिस्पर्धीमा कपिलवस्तुका आशिष पन्थी, रुकुमका घनश्याम विश्वकर्मा, स्याङ्जाका निश्चल भट्टराई, झापाकी पूर्णिमा तिम्सिना, कास्कीकी सजनी शर्मा र पर्साका श्रीजय सुवेदी रहेका छन्।

उत्कृष्ट २० किशोरकिशोरीहरूबाट उनीहरूको कामको सुरुवात, दिगोपन र प्रभावको आधारमा निर्णायक टोलीले अन्तिम ६ प्रतिस्पर्धीको नाम छनोट गरेको हो।

अन्तिम ६ प्रतिस्पर्धीहरूले आत्मदक्षता कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन जहाँ उनीहरूले उद्योगका शीर्ष कर्पोरेट व्यक्तित्वहरू, राजदूत  एवम अन्य विशिष्ट व्यक्तित्वहरू सँग अन्तरक्रिया गर्ने मौका पनि पाउनेछन्।

सेप्टेम्बर १ मा निर्णायकहरूको प्यानलद्वारा आन्तिम ६ प्रतिस्पर्धीको व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वार्ता गर्दै विजेता घोषणा हुने आयोजकले जनाएको छ।

एसएमएस भोटिङ राउन्ड अगस्ट २१, बेलुका ५ बजेदेखि अगस्ट ३१, ५ बजेसम्म खुला रहनेछ। प्रतिस्पर्धीहरूलाई भोट गर्न मनपर्ने फाइनलिस्टको भोटिङ कोड प्रयोग गरी ३५००१ मा एसएमएस गर्न सकिन्छ।

भदौ ७, २०८१ शुक्रबार ०८:४०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।