सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने

सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने

काठमाडौं : सहकारी बचतकर्ताको बचत रकम दुरुपयोग सम्बन्धि छानबिन गर्न गठित संसदीय छानबिन समितिले आज पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका सभापति लामिछानेलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाएका संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए।

उनका अनुसार लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो।

लामिछानेसँगै सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि आज नै सोधपुछका लागि बोलाइएको छ। उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ।

भदौ ६, २०८१ शुक्रबार ०७:१५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।