नेपाली नर्स ममता बेपत्ता घटनामा अमेरिकामा उनकै श्रीमान् प्रहरी नियन्त्रणमा

नेपाली नर्स ममता बेपत्ता घटनामा अमेरिकामा उनकै श्रीमान् प्रहरी नियन्त्रणमा

भर्जिनिया : अमेरिकामा हराइरहेकी ममता भट्टको खोजीमा खटिएको प्रहरीले उनकै श्रीमान् नरेशलाई नियन्त्रणमा लिएको छ।नर्स रहेकी ममता हराएको हप्तौँ पछि प्रहरी मानासस पार्कका रहेको भट्ट बस्ने घरमा पुगेर उनलाई हत्कडी लगाएर घरबाट लिएर हिँडेको थियो।

यो घटना मानासस पार्क प्रहरी विभाग (एमपीपीडी) ले हिदर कोर्टमा रहेको दम्पतीको घरमा खानतलासी वारेन्ट जारी गरेको थियो।

एमपीपीडीले ममता काफ्ले भट्ट 'अनैच्छिक परिस्थितिमा' हराएको बताएको छ। प्रहरीले एक सय भन्दा बढी सुराकहरूको अनुसन्धान गरेको र सयौँ अन्तर्वार्ताहरू लिएको जनाएको छ।

बुधवार साँझ एक पत्रकार सम्मेलनमा प्रहरीले उनीहरूसँग केही चासोका व्यक्तिहरू रहेको बताएको थियो जसमा भट्टका पति नरेश भट्ट पनि समावेश छन्।

उनीहरूले भट्टले अनुसन्धानमा सहयोग नगरेको बताएका थिए। २८ वर्षीया भट्ट एक नर्स थिइन्। उनी कार्यालयमा अनुपस्थित भएपछि उनीसँगै काम गर्ने सहकर्मीले प्रहरीलाई जनकारी गराएकी थिइन्।  त्यसपछि मात्र उनको खोजी सुरु भएको थियो। तर ममता फेला परेकी छैनन्। नाबालकलाई पनि प्रहरीले नै लगेको छ।

भदौ ६, २०८१ शुक्रबार ००:२२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।