पल शाहलाई प्रश्न : स्त्रीको मामलामा तपाईं वास्तविक जीवनमै 'रावण' बन्नुभयो नि, तपाईंलाई त्यस्तो लाग्दैन?

पल शाहलाई प्रश्न : स्त्रीको मामलामा तपाईं वास्तविक जीवनमै 'रावण' बन्नुभयो नि, तपाईंलाई त्यस्तो लाग्दैन?

काठमाडौं : फिल्म ‘रावायण’को टिजरदेखि गीत रिलिज भइसकेको छ। बिहिबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा डेढ घण्टा कुराएर हलमा प्रवेश गरेका अभिनेता पल शाहलाई प्रश्न सोधियो, 'फिल्मको गीत र टिजर रिलिज भइसके, युट्युब तथा सामाजिक संजालमा आउने कमेन्टहरू कतिको हेर्नुहुन्छ?' तर, यो प्रश्न सुन्नेबित्तिकै पल शाह रिसाए। 

अलि आक्रोशित रुपमा उनले आफूले हेर्न नभ्याएको बताए। 

रामायणमा जसरी रावायण (रावण) स्त्रीको कारणले गर्दा असल व्यक्ति भएपनि खराब हुन पुगे, त्यसैगरी तपाईं पनि जीवनमा 'रावण' बन्नुभएको जस्तो लाग्छ, तपाईंलाई त्यस्तो लाग्दैन? पत्रकारले उनलाई सोधे। तर, यो प्रश्न सुन्नेबितिक्कै पल आक्रोशित भइहाले। 

‘मलाई पहिला कमेन्ट देखाउनुहोस्, अनि म कुरा गर्छु। तर, तपाईंले आफ्नो मनको कुरा त दश वटा पनि गर्नसक्नु हुन्छ,’ यति भनेर उनी प्रश्नबाट भागे। 

उनले यो प्रश्नको सामना गर्न पलले सकेनन्। उनी आक्रोशित बनेपछि छेवैमा रहेकी पूजा शर्मा मुस्कुराइन्। 

अलि पछि सम्हालिएर पलले थपे, ‘मैले खासै हेर्न पा छैन। पोजेटिभ नेगेटिभ कमेन्ट त आइहाल्छ, आउनैपर्छ, ताकी हामीलाई उर्जा थपिन्छ।’

उनी आक्रोशित बनेपछि अर्का पत्रकारले छोड्ने कुरै भएन। फेरि सोधियो, ‘तपाईं किन आज आक्रोशित?’

उनले आफूलाई समाल्दै जवाफ दिए, ‘यो कान्छाको बोलाई हो। अहिले म कान्छाको क्यारेक्टरमा छु। अहिले कान्छाले तपाईंहरुलाई राम्रैसँगले हेरिरहेको छ। त्यो रिस नै छैन। त्यो माया हो, उसको बोल्ने स्टायल नै यस्तै हो।’

उनको कुरा सुनेकी पूजा शर्माले हाँसो थाम्न सकिनन्। उनी निकै हाँसेर पलको पछाडि फर्किइन्। 

भदौ ६, २०८१ बिहीबार २१:४३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।