सांसदलाई प्रधानमन्त्री ओलीको जबाफ : संविधान संशोधन गर्न सबैले आँट गर्नुपर्छ

सांसदलाई प्रधानमन्त्री ओलीको जबाफ : संविधान संशोधन गर्न सबैले आँट गर्नुपर्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको आँट गर्नुपर्ने बताएका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै उनले संविधानमा संशोधनको कुरा आठ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने बताए। 

उनले भने, ‘संविधानमा संशोधनको कुरा गर्दा आठ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने हो। त्यसमा सरकारको मात्रै होइन, सम्मानित संसद्को पनि आँट चाहिन्छ। एउटाको आँट अर्काेले हेर्ने विषय होइन, सबै मिलेर आँट गर्ने विषय हो।’

सांसदको जबाफ दिने क्रममा उनले विभिन्न जिल्ला सदरमुकाममा विगतमा निर्माण भएका पूर्वाधारमा सरकारको लगानी खेर जान नदिने र पूर्ण सदुपयोग गर्ने सरकारले नीति अवलम्वन गर्ने बताए। 

सरकारले वित्त नीति र मौद्रिक नीतिमार्फत निजी क्षेत्रको मनोबल बढाउने, सम्पन्न भएका आयोजनाहरूका भुक्तानी दिनुपर्ने लगायतका कार्य योजना बनाई काम गरिरहेको उनको दाबी छ। 

भदौ ५, २०८१ बिहीबार १६:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।