प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको छ : गृहमन्त्री

प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजनसहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून नै बनाउन लागिएको बताएका छन्।  

सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरूमा सहभागिताका लागि त्यहाँ पुगेका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रहरी सम्बन्धमा नयाँ कानून बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसदमा पेश हुने बताए। 

प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरू धमाधम हुने उनको दावी छ। 

उनले वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति सुव्यवस्था र विधिको शासन कायम हुने बताए। 

राजनीतिक स्थिरता, आर्थिक गतिविधि बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशीता सहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमान सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उनको भनाइ छ।  

भदौ ५, २०८१ बिहीबार १४:२१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।