संसद्मा रवि लामिछानेले सोधे 'खगेन्द्र सुनारजस्तै दलितहरूले आफ्नो हक माग्नु गलत हो?'

संसद्मा रवि लामिछानेले सोधे 'खगेन्द्र सुनारजस्तै दलितहरूले आफ्नो हक माग्नु गलत हो?'

काठमाडौं : बिहीबारको प्रतिनिधि सभा बैठकमा दलित अभियन्ता खगेन्द्र सुनारले माइतीघरमण्डलामा नेल लगाएर प्रदर्शन गरिरहेको विषय उठेको छ। 

बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अभियन्ता सुनारले उठाएका मागहरू सरकारले सम्बोधन गर्नुपर्ने बताए। 

दलित अभियन्ता खगेन्द्र सुनारले दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिता हुनुपर्छ भनेर माइतीघरमा आन्दोलन गर्दै आएको स्मरण गराउँदै लामिछानेले सोधे, 'के खगेन्द्रजस्तै दलितहरूले आफ्नो हक माग्नु गलत हो? हक माग्नेजति सबैलाई मुख बन्द गर्ने सरकारको नीति होकी नियत हो?'

संविधानले निर्दिष्ट गरेअनुसार दलित समुदायलाई राज्यका संरचनाहरूमा सहभागिता गराउन मागसमेत गरे।  

संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरूले प्रदर्शन गर्दै आएका छन्। 

माइतीघरमा ‘दलितलाई मन्त्री खै?’, ‘दलितलाई बजेट खै?’, ‘दलितलाई राजदूत खै?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका उनीहरूको संघीय सरकार, प्रदेश सरकार र विभिन्न संवैधानिक निकायको नियुक्तिमा दलित समुदायलाई संवैधानिक व्यवस्था बमोजिम समानुपातिक प्रतिनिधित्व दिनुपर्ने माग छ। 
 

सम्बन्धित समाचार :

भदौ ५, २०८१ बिहीबार १४:०६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।