विपिन कार्कीलाई मातृशोक, पशुपतिमा कलाकारको ताँती

विपिन कार्कीलाई मातृशोक, पशुपतिमा कलाकारको ताँती
तस्बिर- गोपीकृ्ष्ण चापागाईं

काठमाडौं : कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ।

लामो समयदेखि दीर्घरोगबाट थलिएकी विपिनकी ७२ वर्षीया आमा सरस्वतीको उपचारका क्रममा बिहीबार बिहान ६ बजे ललितपुरको पाटन अस्पतालमा निधन भएको हो।

कार्कीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सरस्वतीको पार्थिव शरीरमा विपिन र उनका दाजुले दागबत्ती दिए।

विपिनलाई सान्तवा दिन उनका सहकर्मीहरू दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल लगायतका कलाकारहरू आर्यघाट पुगेका थिए।

भदौ ५, २०८१ बिहीबार १२:४१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।