नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

काठमाडौं : नेपाली सेनाले काठमाडौंको चन्द्रागिरी-१२ बलम्बुस्थित वडा कार्यालय नजिक शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ।

स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

बलम्बु माध्यमिक विद्यालयनजिक शङ्कास्पद वस्तु फेला परेपछि त्यहाँको विद्यालय समेत बन्द गरिएको थियो।

भदौ ५, २०८१ बिहीबार १२:२६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।