हुन्डाईको ‘फेष्टिभ डिलाइट २०८१’ सार्वजनिक

हुन्डाईको ‘फेष्टिभ डिलाइट २०८१’ सार्वजनिक

काठमाडौं : हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं–तिहार लक्षित ‘फेष्टिभ डिलाइट २०८१’ योजना सार्वजनिक गरेको छ।

ग्राहकको चाडपर्वलाई विशेष र हर्षोल्लासपूर्ण बनाउन कम्पनीले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ। यस वर्ष पनि यसलाई कायम राख्दै कम्पनीले एक भाग्यमानी विजेताले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन्।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप एक लाखसम्मको नगद छुटका साथै एक वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

भदौ ११ गतेदेखि सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरूले पनि यस योजनाबाट लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ। नाडा अटो शो २०२४ मा कम्पनीले ‘ए टु’ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासा मेट्न सक्छेन्।

हुन्डाईका सबै गाडीमा तीन वर्ष वारेन्टी र छ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ। यो योजना मंसिर २२ (छठ पर्व)सम्म लागू हुनेछ।

यसै अवसरमा हालै चलिरहेको ‘हुन्डाई टेस्ट ड्राइभ एण्ड विन’ क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी हात खाली नहुने गरी आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम, १९ सर्भिस सेन्टर तथा ४३ भन्दा बढी चार्जिङ पोइन्ट मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

भदौ ६, २०८१ बिहीबार १२:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।