जासुसीको आरोप लगाउँदै अमेरिकाले पक्राउ गर्यो चिनियाँ नागरिक

जासुसीको आरोप लगाउँदै अमेरिकाले पक्राउ गर्यो चिनियाँ नागरिक

एजेन्सी : अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध आपराधिक अभियोग दायर गरेका छन्।

अमेरिकामा बस्ने यी चिनियाँ नागरिकलाई चीनको गुप्तचर एजेन्सीको जासूस भएको आरोप लगाइएको छ।

अमेरिकी न्याय मन्त्रालयले ६७ वर्षीय चिनियाँ नागरिक युआनजुन ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको जनाएको छ।

चिनियाँ नागरिक युआनजुन ताङमाथि एफबीआई विरुद्ध गलत बयान दिएको आरोप लगाइएको छ।

बुधबार जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, ‘ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईबारे गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ।’

ताङमाथि ईमेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाट लगातार सन्देश पठाएको समेत आरोप छ। उनले लगातार राज्यको सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू पाइरहेका थिए।

यसअघि एफबीआईले चिनियाँ सरकारलाई गोप्य सूचना बेचेको आरोपमा अमेरिकी सेनाका एक सदस्यलाई समेत प्रकाउ गरेको थियो। उनी पहिले नै पक्राउ परे पनि उनले एक साताअघि मात्र उक्त आरोप स्वीकारेका थिए।

भदौ ५, २०८१ बिहीबार ११:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।