प्रहरी समायोजनको प्रक्रिया अघि गृहमन्त्री लेखकको दाबी

प्रहरी समायोजनको प्रक्रिया अघि गृहमन्त्री लेखकको दाबी

जनकपुरधाम : गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेकोझ दाबी गरेका छन्।

बिहीबार विहान जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून नै बनाउन लागिएको बताए।

नयाँ कानून बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसदमा पेश हुने उनको भनाइ छ।

प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन, प्रदेश प्रहरी गठन र समायोजनका कामहरू धमाधम हुने उनको दाबी छ।

फरक प्रसङ्गमा उनले वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति शुव्यवस्था र विधिको शासन कायम हुने बताए।

भदौ ५, २०८१ बिहीबार ११:१७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।