मकवानपुरमा भैँसीले बाघ मार्‍यो

मकवानपुरमा भैँसीले बाघ मार्‍यो

मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले आफूलाई मार्न आएको बाघलाई मारेको छ।

गोठमा बाँधेको भैँसी घाइते भएको छ। आक्रमण गर्न आएको बाघ गोठमै मरेको छ।

जस्ताको छानोले बनेको गोठमा बाघले भैँसीलाई आक्रमण गर्दा  भैँसी घाइते भएको र भैँसीको आक्रमणबाट बाघ मरेको हो।

इलाका प्रहरी कार्यालय मनहरी र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले घटनास्थलको अवलोकन गरेर बाघ बुढो भएकोले भैँसीले हान्दा मृत्यु भएको निष्कर्ष निकालेको छ।

बिहीबार विहान चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको सेक्टर सौराहा ब्यारेकबाट आएको सेनाको टोलीले बाघको शव लिएर गएको छ।

भदौ ५, २०८१ बिहीबार ०९:३१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।