भारतको आन्ध्र प्रदेशको एक फार्मा कम्पनीमा आगलागीमा परेर १८ जनाको मृत्यु, ३६ जना घाइते

भारतको आन्ध्र प्रदेशको एक फार्मा कम्पनीमा आगलागीमा परेर १८ जनाको मृत्यु, ३६ जना घाइते

एजेन्सी : आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा बुधबार दिउँसो २ः१५ बजे आगलागीमा परे १८ जनाको मृत्यु भएको छ।

३६ जना घाइते भएका छन्। सबैलाई जिल्लाको एनटीआर अस्पतालमा भर्ना गरिएको छ।

घटना अच्युतपुरम सेजमा रहेको फार्मा कम्पनी एस्सेन्टियाको प्लान्टमा भएको हो। पहिले कम्पनीको रिएक्टर नजिकै आगो देखेपछि ठूलो विष्फोट हुँदा भवनको पहिलो तल्लाको स्ल्याब भत्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

कारखानामा दुई सिफ्टमा ३ सय ८१ जनाभन्दा बढी कर्मचारी काम गर्ने भएकाले घाइतेको सङ्ख्या बढी हुन सक्ने स्थानीयले बताएका छन्। घटना हुँदा अधिकांश कर्मचारी खाजा खान गएका थिए।

पहिलो तल्लाबाट दोस्रो तल्लामा सोल्भेण्ट तेल पम्प गर्ने क्रममा चुहावट भई आगलागी भएको अधिकारीहरूले बताएका छन्।

भदौ ५, २०८१ बिहीबार ०८:०५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।