विश्वमा के-के भयो, सात तस्बिरमा : बलात्कार मुद्दामा इरानमा भविष्यवक्तालाई मृत्युदण्डदेखि अष्ट्रेलियामा सबैभन्दा ठुलो सौर्य ऊर्जा प्लान्टसम्म

विश्वमा के-के भयो, सात तस्बिरमा : बलात्कार मुद्दामा इरानमा भविष्यवक्तालाई मृत्युदण्डदेखि अष्ट्रेलियामा सबैभन्दा ठुलो सौर्य ऊर्जा प्लान्टसम्म
खण्डहरमा रमाइलो : गाजा पट्टीको दक्षिणी खान युनिस सहरमा खण्डहर समान बनेका भवनहरूको बिचमा फुटबल खेल्दै गरेका प्यालेस्टिनी बालबालिकाहरू।

एजेन्सी : मध्य इरानमा अधिकारीहरूले आफ्ना ग्राहकहरूसँग बलात्कार र यौन उत्पीडन गरेको आरोपमा एक भविष्यवक्तालाई मृत्युदण्ड दिए।

ती व्यक्तिले आफ्ना ग्राहकहरूलाई धोका दिन भविष्य बताउने सेवाहरूको प्रयोग गरेर ‘झुटो बहानामा महिला र युवतीहरूमाथि कुटपिट र बलात्कार गरेको आरोपमा मृत्युदण्ड दिएको हो।

बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधवार पोल्यान्ड गए। रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’ का लागि अभियान सुरु गर्न यसै साताको अन्त्यमा युक्रेनको भ्रमणमा जाँदैछन्। उनी त्यस अगाडि पोल्यान्ड गए।

उता अस्ट्रेलियाले ‘विश्वको सबैभन्दा ठुलो सौर्य क्षेत्र’ का रूपमा चिनिएको सौर्य तथा ब्याट्री फर्मको परियोजनाले अनुमति पायो। परियोजनाले सिङ्गापुरलाई ऊर्जा निर्यात गर्ने

अधिकारीहरूले अस्ट्रेलियाको दुर्गम उत्तरमा सनकेबलको २४ अर्ब अमेरिकी डलरको परियोजनाका लागि वातावरणीय स्वीकृति घोषणा गरेका छन् । यसबाट ३० लाख घरमा बिजुली पुग्नेछ।

बलात्कारपछि हत्या गरिएको चिकित्सकको न्यायको मागमा भारतमा चिकित्सकहरू सडक आन्दोलनमै छन्। प्यालेन्टिन र इजरायलबीचको द्वन्द्व जारी छ। अमेरिकामा राष्ट्रपतिको निर्वाचनको प्रचारकोक्रम तीव्र भएका छन्। बङ्गलादेश र पाकिस्तानबीच टेस्ट क्रिकेट म्याच सुरु भयो। अन्य के-के भए विश्वमा? सात तस्बिरसहित :

सुरक्षा नभए, ड्युटी नि छैन : भारतको एक अस्पतालमा ड्युटीकाक्रममा बलात्कार गरेर हत्या गरिएकी चिकित्सकको न्याय र कार्यस्थलमा सुरक्षाको माग राख्दै बुधवार पनि भारतमा चिकित्सकहरू सडक आन्दोलनमा उत्रिए। उनीहरू न्याय र सुरक्षाको माग गर्दै निरन्तर आन्दोलनमा छन्।

बढ्दै छ द्वन्द्व : प्यालेस्टिनीका फतह लडाकुहरू, अल-अक्सा मार्टर्स' ब्रिगेड्सबाट, फतह जनरल मुनीर अल-मकद्दाहका भाइ खालील अल-मकद्दाहको चित्र बोकेर लेबनानको दक्षिणी शरणार्थी टाबोर ऐन अल-हिल्वेहमा उनको अन्त्येष्टिको क्रममा आएका थिए। उनी इजरायली हमलामा मारिएका थिए।

मैदानमा बराक दम्पत्ती : अमेरिकाको सिकागोमा आयोजित डेमोक्रेटिक नेशनल कन्भेन्सनमा पूर्व राष्ट्रपति बराक ओबामा र मिसेल सहभागी भए। उनीहरूले आफ्ना समर्थकहरूलाई सम्बोधन गरेर राष्ट्रपति उम्मेदवार कमला ह्यारिसलाई साथ दिन आग्रह गरे।

त्रासमा नि उत्साह : पाकिस्तान र बांग्लादेशबीचको पहिलो टेस्ट क्रिकेट खेलको पहिलो दिन राजधानी रावलपिण्डीको रावलपिण्डी क्रिकेट स्टेडियममा पाकिस्तान र बङ्गलादेशका राष्ट्रिय झन्डा बोकेर उत्साहित दर्शक।

"द क्रो" को विश्व प्रीमियरमा एंजेलिकाद्वारा सञ्चालित विलेज इस्टमा रुपर्ट सान्डर्स, एफकेए ट्वाइग्स र बिल स्कार्सगार्ड।

र अन्त्यमा

रोबोटको राज : चीनको राजधानीमा आयोजित वर्ल्ड रोबोट कन्फरेन्स २०२४ मा राखिएको मानवाकृति रोबोट। वर्ल्ड रोबोट कन्फरेन्स २०२४ बुधवारबाट सुरु भएको हो।

 

भदौ ४, २०८१ बुधबार २३:२०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।