नेपालीलाई श्रीलङ्का जान भिसा नि: शुल्क, सूचिको १२ नम्बरमा

नेपालीलाई श्रीलङ्का जान भिसा नि: शुल्क, सूचिको १२ नम्बरमा

काठमाडौँ : श्रीलङ्काले ३५ देशका नागरिकका लागि भिसा फ्रीको निर्णय गर्दा नेपालसमेत समेटेको छ।

बुधवार सार्वजनिक सूचिमा पहिलो नम्बरमा बेलायत छ भने भिसा फ्रीको सूचिमा नेपाल १२ नम्बरमा छ। सो सूचिमा नेपालसहित भारत, चीन समेत छन्।

श्रीलङ्काका परराष्ट्रमन्त्रीले निर्णय सार्वजनिक गर्दै ट्विट गरेका थिए। सो ट्विटलाई कोट गर्दै नेपालको परराष्ट्र सचिव सेवा लम्सालले भिसा फ्रिको सूचिमा नेपालसमेत समावेश गरेको धन्यवाद दिएकी छिन्।

भदौ ४, २०८१ बुधबार २१:४६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।