इजरायलबाट अपहरित जापानी महिलाको अनुभव : ‘हरेक रात मेरो अन्तिम हुनसक्ने सोच्दै निदाउँथे’

इजरायलबाट अपहरित जापानी महिलाको अनुभव : ‘हरेक रात मेरो अन्तिम हुनसक्ने सोच्दै निदाउँथे’

एजेन्सी : अक्टोबर ७ मा हमासले बन्धक बनाएको २५१ जना मध्येकी एक इजरायली युवतीले बुधबार आफू कैदमा रहँदा हरेक रात आफ्नो अन्तिम रात हुनसक्ने सोच्दै सुत्ने गरेको अनुभव सुनाएकी छन्। 

'हरेक रात म सुत्न खोज्दा यो मेरो जीवनको अन्तिम रात हुनसक्ने सोच्दै निदाउँथे', नोआ अर्गामानीले जापानमा आफ्नो बुबासँग भेट्दा भनिन्। 

उनले आफ्नो उद्धार नहुँदासम्म बाँच्छु जस्तो नलागेको सुनाइन्। 

'मेरो उद्धार नहुँदासम्म मलाई म बाँच्छु भन्ने विश्वास थिएन', २६ वर्षीय अर्गामानीले टोकियोमा जी–७ राष्ट्रका वरिष्ठ कूटनीतिज्ञसँगको भेटमा भनिन्, 'म तपाईंसँग यहाँ बसिरहेको छु, यो एउटा चमत्कार हो।'

अर्गामानी इस्लामवादीहरूको अक्टोबर ७ को आक्रमणको समयमा नोभा सङ्गीत महोत्सवबाट हमासद्वारा अपहरण गरिएका मध्ये एक थिइन्।   त्यस समयमा उनले मोटरसाइकलको पछाडिबाट ‘मलाई नमार्नुहोस!’ भनेर चिच्याइरहेको भिडियो भाइरल भएको थियो।

भिडियोमा उनका प्रेमी इन्जिनियर अविनातन ओरलाई छुट्टै लगिएको देखाइएको छ। 

इजरायली विशेष फौजले जुन ८ मा गाजाको नुसिरात शरणार्थी शिविरमा छापा मार्दा अर्गामानीसहित अन्य तीन जना २२ वर्षीय अल्मोग मीर जान, २७ वर्षीयस आन्द्रे कोज्लोभ र ४१ वर्षीय श्लोमी जीवको उद्धार गरेका थिए। 

इजरायली सेनाले मंगलबार दक्षिणी गाजाको सुरुङबाट छ जना बन्धकहरूको शव फेला परेको बताएको छ। 

त्यसदिन बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजापट्टीभित्र बन्धक बनाइएका छन्। उनीहरूमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जानकारी गराएको छ।
 
'मेरा प्रेमी अविनातन अझै पनि बन्धक हुनुहुन्छ। धेरै ढिला नगरी उनीहरूको उद्धार गर्न आवश्यक छ। हामीले पहिले नै धेरै मानिस गुमाइसकेका छौँ, अझै गुमाउन चाहँदैनौँ,' अर्गामानीले भनिन्। 

भदौ ४, २०८१ बुधबार १८:३१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।