मुकुललाई अन्तिम पटक पुन: स्पष्टीकरण सोध्दै रास्वपा, सदस्यबाट समेत हटाउने तयारी

मुकुललाई अन्तिम पटक पुन: स्पष्टीकरण सोध्दै रास्वपा, सदस्यबाट समेत हटाउने तयारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको महामन्त्रीबाट कारबाही गरेको मुकुल ढकाललाई पुन: स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले अन्तिम पटक पुन: स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

पार्टीले अनुशासनहीन काम गरेको भन्दै उनलाई पार्टीको साधारण सदस्य मात्र रहनेगरी कारबाही गरेपछि उनी निर्वाचन आयोगमा निवेदन लिएर पुगेका थिए। कारबाहीपछि पनि ढकाल निरन्तर पार्टीको आलोचनामा केन्द्रित रहेको बेलामा पुन अन्तिम पटक कारबाही गर्ने निर्णय गरेको हो।

ढकालले विभिन्न जिल्ला घुमेर तयार पारेको प्रतिवेदनका महत्वपूर्ण विषय सार्वजनिक गरेपछि पार्टीभित्र विवाद बढ्दै गएको थियो। विवादका क्रममा पार्टीले उनलाई कारबाही गर्दै महामन्त्री र प्रवक्ताबाट समेत हटाएको थियो।

भदौ ४, २०८१ बुधबार १८:१२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।