कुखुराको खोरमा पेस्तोल भेटियो

कुखुराको खोरमा पेस्तोल भेटियो

काठमाडौं : झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडाका ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेको कुखुराको खोरमा एक थान कटुवा पेस्तोल फेला परेको छ।

घरधनी आङ्देम्बेलाई मंगलबार नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्दले बताए। 

'हतियार लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले आङ्देम्बेको घरमा खानतलासी गरेको थियो', सूचना अधिकारी चन्दले भने, 'कुखुराको खोरको खरको छानोभित्र पहेलो प्लाष्टिकमा पोको पारेर लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल भेटियो।'

यसअघि अर्जुनधारा वडा नम्बर ४ देवानचोक निवासी २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाइ राखिएको अवस्थामा गत साउन २६ मा राति १०ः३० बजे एक थान भरुवा बन्दुक बरामद भएको थियो।  

भदौ ४, २०८१ बुधबार १७:०२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।