प्राविधिक विषयतिर केन्द्रित भयो युवा सङ्घ, आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन गर्दै

प्राविधिक विषयतिर केन्द्रित भयो युवा सङ्घ, आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन गर्दै

काठमाडौँ : एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा सङ्घ नेपाल राजनीतिक गतिविधिको साटो प्राविधिक गतिविधिमा लाग्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ। सङ्घले भदौ ३० र ३१ गते एआई सम्मेलन आयोजना गर्न लागेको हो।

एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको सङ्घले बताएको छ।

सम्मेलनको तयारी बैठकका क्रममा अध्यक्ष क्षितिज थेबेले सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने बताए।

भदौ ४, २०८१ बुधबार १६:२२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।