पाकिस्तानी तीर्थयात्रीको बस इरानमा दुर्घटना हुँदा ३० जनाको मृत्यु, २३ जना घाइते

पाकिस्तानी तीर्थयात्रीको बस इरानमा दुर्घटना हुँदा ३० जनाको मृत्यु, २३ जना घाइते

एजेन्सी : पाकिस्तानी तीर्थयात्री बोकेको बस इरानमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ।

मंगलबार भएको दुर्घटनामा २३ जना घाइते भएको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

मृत्यु हुनेमा १७ जना महिला र ११ जना पुरुष रहेका छन्। ती सबै इराक जाँदै थिए।

इरानको याजद सहरमा मंगलबार राति ब्रेकिङ सिस्टम फेल भएर दुर्घटना भएको समाचारमा उल्लेख छ।

इरान आफ्नो खराब ट्राफिक प्रणालीको लागि परिचित छ र यहाँ हरेक वर्ष २० हजार मानिसले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन्।

भदौ ५, २०८१ बुधबार १२:०९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।