बागमतीले पार गर्‍यो सतर्कता तह, नदी करिडोरमा बाढीको जोखिम (तस्बिरहरू)

बागमतीले पार गर्‍यो सतर्कता तह, नदी करिडोरमा बाढीको जोखिम (तस्बिरहरू)

काठमाडौं : निरन्तरको वर्षाले बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।

बुधबार विहानको मापन अनुसार जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती करिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बागलुङ, म्यादी, बर्दिया, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भइ बहने अधिकांश स-साना बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ।

साथै सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, सर्लाही, रौतहट, गोरखा, लमजुङ, रूकुम पश्चिम, जाजरकोट, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ।

यस्तै कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको छ। महाकाली नदी पारीगाँउमा जलसतह सतर्कता तह नजिक रहेको छ।

भदौ ४, २०८१ बुधबार ११:४८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।