हुम्लामा जीप खस्यो, पाँच जना गम्भीर घाइते

हुम्लामा जीप खस्यो, पाँच जना गम्भीर घाइते

मुगु : हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार विहान आठ बजे बोलेरो जीप दुर्घटना हुँदा पाँच जना सख्त घाइते भएका छन्।

कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका-२ गर्खादेखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्लास्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

उनका अनुसार चालक सहित सात जना सवार रहेको जीपमा पाँच जना गम्भीर घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको छ।

गम्भीर घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तील बहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायानाथ नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावत र बोलेरो जीप शाही रमेश मल्ल रहेका छन्।

उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। यस्तै बाजुरा बुढीनन्दा नगरपालीका-४ घरभएका सावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका-२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन्।

दुर्घटना हुनासाथ मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो।

गौरी सल्लास्थित दुर्घटना भएको बोलेरो जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ।

भदौ ५, २०८१ बुधबार ११:३६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।