सुनको मूल्य आठ सयले बढ्यो
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो।
मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ८ सय २० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ३५ रूपैयाँमा कारोवार भैइरहेको छ।
भदौ ५, २०८१ बुधबार ११:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।