नाडा अटो शोमा केइ ले तीन वटा मोडल सार्वजनिक गर्ने, नाम बताउनेलाई ‘ग्राइण्डर’ पुरस्कार
काठमाडौं : नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘नाडा अटो शो’मा लन्च गरिने आफ्ना तीन वटा गाडीका मोडेलको नाम बताउँदा पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ।
नाडा अटो शो अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म हुनेछ।
जस अन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर दिनुपर्नेछ। सहभागी मध्येबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नेछन्।
केइ नेपालको सोसियल मीडिया फोलोवर्स र फेन्सहरूले यस रमाइलो क्याम्पेनमा अनुमान गरि भाग्यशाली विजेता बन्न सक्नुहुनेछ। यो क्याम्पेन भदौ १० गतेसम्म चल्नेछ।
आउँदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नम्बर एच-१६ मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरूबारे जानकारी लिन लक्ष्मी ई-मोबिलिटी सबैलाई हार्दिक आमन्त्रण गर्दछ।
भदौ ४, २०८१ बुधबार ११:११:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।