रियलमी मिस्टर नेपाल र लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा रक्तदान
काठमाडौं : रियलमी मिस्टर नेपाल र लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
गत भाद्र १ गते शनिबारका दिन मिनिस्ट्री बार एण्ड क्याफे, गैरीधारामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा रियलमी मिस्टर नेपालका ६० प्रतिस्पर्धीहरूले रक्तदान गरेका थिए।
यसबारे बोल्दै रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले रियलमीले आफ्ना प्रयोगकर्ताहरूलाई गुणस्तरीय स्मार्टफोन प्रदान गर्ने मात्र नभइ समुदायलाई सशक्त बनाउने समेत विश्वास व्यक्त गरे।
कार्यक्रममा मिस्टर नेपालको आयोजक नेक्स्ट मोडल्सका सिइओ रवि धमलाले रक्तदानमा रियलमी र लायन्स क्लब अफ काठमाडौंसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएको बताए।
भविष्यमा पनि मिस्टर नेपालको तर्फबाट यस्तो सामाजिक कार्यमा सक्रियता कायम रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी हुनुअघि मिस्टर नेपालका ६० प्रतिस्पधीले नेपाली सेनाबाट शारीरिक तन्दरुस्ती सम्बन्धी तालिम प्राप्त गरेका थिए। मिस्टर नेपालको फिनाले यही भदौ ८ गते शनिबार काठमाडौंमा हुँदैछ।
भदौ ४, २०८१ बुधबार १०:५६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।