रास्वपाको केन्द्रीय कार्यसमिति बैठक सुरू, मुकुल ढकाललाई कारबाहीबारे निर्णय लिने

रास्वपाको केन्द्रीय कार्यसमिति बैठक सुरू, मुकुल ढकाललाई कारबाहीबारे निर्णय लिने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

पार्टी कार्यालय वनस्थलीमा केहीबेर अघि सुरू भएको बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, राष्ट्रिय भेला, कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम सन्दर्भमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

यसका अलावा संगठन निर्माण सम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल, स्थानीय तह उपनिर्वाचन बारे,संविधान दिवसको कार्यक्रम बारे पनि बैठकमा छलफल हुनेछ।

यसका साथै भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति, केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन र विविध शिर्षकमा छलफल हुने बताइएको छ।

विविधमा पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यबाट समेत बर्खास्त गर्ने तयारी रहेको बुझिएको छ। ३० साउनमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेको थियो।

जसको जवाफमा ढकालले पार्टी सभापति माथि नै प्रश्न सोधेर उल्टै प्रष्टिकरण माग गरेका थिए।

भदौ ४, २०८१ बुधबार ०९:०२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।