पाकिस्तानको संसदमा मुसा आतंक, बिरालो किन्न १२ लाखको बजेट पारित

पाकिस्तानको संसदमा मुसा आतंक, बिरालो किन्न १२ लाखको बजेट पारित

काठमाडौं : पाकिस्तानको संसदमा मुसा आतंक बढेको छ।

संसदमा मुसाको संख्या लगातार बढेर उनीहरूले सिनेट र राष्ट्रिय सभाका विभागहरूमा रहेका धेरै महत्त्वपूर्ण र गोप्य फाइलहरू नष्ट गरेको पाकिस्तानी टेलिभिजन जियो टिभीले जनाएको छ।

मुसाले तार काटेर कम्प्युटरमा समेत क्षति पुर्याइरहेका छन्। मुसाले महत्वपूर्ण फाइल खान थालेपछि सिकारी बिरालो खरिद गर्ने निर्णय त्यहाँको सरकारले गरेको छ।

जसका लागि १२ लाख पाकिस्तानी रुपैयाँको बजेट समेत विनियोजन गरेको समाचारमा उल्लेख छ।

यी मुसा निर्मूल गर्न निजी विज्ञको सहयोग लिने योजना पनि सीडीएले बनाएको छ। यसका साथै मुसा समात्न विशेष प्रकारको जाल जाल (माउस ट्र्याप) पनि जडान गरिनेछ।

भदौ ४, २०८१ बुधबार ०८:१२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।